काठमाडौं-बलिउड अभिनेता सुनील शेट्टीकी छोरी तथा अभिनेत्री अथिया शेट्टीले भारतीय क्रिकेट टिमका उपकप्तान केएल राहुलसँग विवाह गर्ने भएकी छिन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले अब भने सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै विवाह गर्न लागेका हुन्।
अभिनेत्री अथिया र राहुलले दक्षिण भारतीय परम्पराअनुसार विवाह गर्न लागेका छन्। आगामी अक्टोबरमा हुने टी–२० वर्ल्ड कपपछि उनीहरुले विवाह गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हाल आइपीएलमा लखनउ सुपर जाइन्ट्सकाे कप्तानी गरिररहेका राहुललाई अभिनेत्री अथिया र उनको परिवारले खेल मैदानमै गएर साथ दिइरहेको देखिएको थियो। योसँगै दुईबीचको प्रेम सम्बन्धलाई लिएर पनि सार्वजनिक रुपमै चर्चा सुरु भएको छ।
अक्टोबरपछि हुने विवाहलाई लिएर अहिलेदेखि नै अभिनेत्री अथिया र क्रिकेटर राहुलका प्रशंसकहरुले उनीहरुलाई बधाई दिन सुरु गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।