तस्बिरः उत्सव रसाइलीको सामाजिक सञ्जाल काठमाडौं– अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन्। उनी व्यवसायी रोहित तिवारीसँग सुटुक्क विवाह बन्धनमा बाँधिएकी हुन्।
बिहीबार बिहानबाटै केकीको विवाह बारेमा चर्चा भए पनि कार्यक्रममा भने सीमितलाई मात्रै बोलाइएको थियो। विवाहमा परिवारका सदस्य र निकटका साथीहरुको मात्रै उपस्थिति थियो। सीमित संख्यामा आफन्त र साथीभाइको उपस्थितिमा केकी र रोहित विवाह बन्धनमा बाँधिएका हुन्।
केकीले विवाह गरेका रोहित पेशाले व्यवसायी हुन्। अनलाइन मार्केटप्लेस ‘हाम्रो बजार’मा रोहित सिइओ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।