काठमाडाैं-दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ।
क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन्।
क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गर्ल्समा इभाना थापा र वियंका राई छन्। जुनियरको ब्वाइजमा संयोग कपाली, रुविन महर्जन र सुजन गडाल छन्। गर्ल्समा अन्जु सुवाल, मन्जु सुवाल र शुभश्री श्रेष्ठ छनोट भए। प्रतियोगिता माल्दिभ्सको मालेमा वैशाख २५ देखि २९ गतेसम्म हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।