काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले दोलखाले आफ्ना उम्मेदवारहरु टुंग्याएको छ।
सदरमुकाम चरिकोटमा बसेको बैठकले नौ वटै स्थानीय तहका उम्मेदवार सर्वसम्मत रुपमा टुंग्याएको हो। एमालेले सदरमुकामको भीमेश्वर नगरपालिकामा भने पुरानै व्यक्तिलाई पुन: उठाउने निर्णय गरेको छ।
भीमेश्वर नगरपालिकमा मेयरमा भरत केसी र उपमेयरमा कमला बस्नेतको नाम तय गरेको छ। त्यस्तै, जिल्लाको अर्को नगरपालिका जिरीमा मित्र जिरेललाई प्रमुख र कृष्णमाया बुढाथोकीलाई उपप्रमुखको रुपमा सिफारिस गरेको छ।
उक्त नगरमा उमपेयरलाई भने फेरि उठाइएको छ। हाल मेयरको रुपमा टंकबहादुर जिरेल छन्। उनले २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका गेल्बु शेर्पालाई पराजित गरेका थिए।
भीमेश्वर नगरपालिका
प्रमुख : भरत केसी
उपप्रमुख : कमला बस्नेत
जिरी नगरपालिका
प्रमुख : मित्र जिरेल
उपप्रमुख : कृष्णमाया बुढाथोकी
कालीञ्चोक गाउँपालिका
अध्यक्ष : गणेश शिवाकोटी
उपाध्यक्ष : कविता थामी
शैलुङ गाउँपालिका
अध्यक्ष : धन बहादुर तामाङ
उपाध्यक्ष : पार्वती कार्की थापा
मेलुङ गाउँपालिका
अध्यक्ष : हिरा कुमार थोकर
उपाध्यक्ष : गायत्री आचार्य
बिगु गाउँपालिका
अध्यक्ष : अच्युतम केसी
उपाध्यक्ष : देविका थामी
गौरीशंकर गाउँपालिका
अध्यक्ष : जंग गुरुङ
उपाध्यक्ष : मुना शिवाकोटी
बैतेश्वर गाउँपालिका
अध्यक्ष : माधव प्रसाद घिमिरे
उपाध्यक्ष : नविना लामा
तामाकोशी गाउँपालिका
अध्यक्ष : अभिषेक सुवेदी
उपाध्यक्ष : अम्बिका पोखरेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।