काठमाडौं– अमेरिकाको टेक्ससमा आजबाट सुरु भएको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म महोत्सवमा अभिनेता महेश त्रिपाठी उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन्। त्रिपाठी महोत्सवमा छनोट भएको फिल्म ‘हल्कारा’मा गरेको अभिनयबाट उत्कृष्ट अभिनेताका लागि मानोनयनमा परेका हुन्।
अप्रिल २० (आज)बाट चार दिनसम्म हुने महोत्सवमा त्रिपाठीले अमेरिकी र बेलायती अभिनेताहरुसँग प्रतिस्पर्धा गर्दैछन्। उत्कृष्ट अभिनेताको अवार्डका लागि त्रिपाठीसँगै ‘अ प्लेस गल्ड होम’का लागि अमेरिकी अभिनेता बेन गेभिन र ‘फेर्री मेन’का लागि बेलायती अभिनेता ओलिभर लि प्रतिस्पर्धा गर्दैछन्।
त्रिपाठी अभिनित फिल्म ‘हल्कारा’ विक्रम सापकोटाको निर्देशनमा बनेको छ। फिल्ममा जीवनमा अचानक आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै आफूलाई चिन्दै जान्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ।
फिल्ममा त्रिपाठीसँगै बिनिता थापा मगर, उमेश तामाङ, पशुपति राई, विद्या कार्की, स्व. दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ। कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको कथाविप्लम प्रतिक र आकाश बरालले संयुक्त रुपमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।