फाइल तस्बिर।
काठमाडौं- महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको सत्ता गठबन्धनको बैठकमा सहमति जुटेको छ।
बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको बैठकमा सहभागी एक नेताले बताए। महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका कुनकुन दलले साझा उम्मेदवार उठाउने सहमति जुटाउन दलहरुको बैठक निरन्तर बसिरहेको थियो।
ती नेताका अनुसार, अन्तिम सहमति पत्रमा केही बेरमा हस्ताक्षर हुँदैछ। सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो। त्यस्तो बैठकले सहमति गरेको हो।
अब केही बेरमा संयुक्त बैठक बसेर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको उनको भनाइ।
महानगरपालिकाको भागबन्डा मंगलबार नै टुंगिएको बताइएको थियो। तर, उपमहानगरपालिकामा सहमति जुट्न नसक्दा बुधबार पनि बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।