काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) युवाहरूसँग अन्तरक्रिया गर्दैछन्।
अध्यक्ष ओलीले युवासँग म भनेर विशेष अन्तरक्रिया गर्न लागेका हुन्। समृद्ध नेपाल, सुखी नेपाली परिकल्पनाको सार्थकताका लागि युवाहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको उनको सचिवालयले जनाएको छ।
मध्याह्न १२ बजे ललितपुरको गोदावरीमा रहेको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना हुन लागेको हो। एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै युवाहरूसँग छलफल गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।