काठमाडौं– इन्टर मिलान कोपा इटालियाको उपाधिनजिक पुगेको छ। मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै इन्टर फाइनलमा पुगेको हो।यस अघि सेमिफाइनलको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो लिगमा इन्टरको जितमा लाउटारो मार्टिनेजले दुई गोल गरे भने रोबिन गोसेन्सले एक गोल गरे।
खेलको चौथो मिनेटमै मार्टिनेजले इन्टरलाई अग्रता दिलाएका थिए। यस्तै, ४०औं मिनेटमा उनले व्यक्तिग दोस्रो गोल गर्दै खेल २–० मा पुर्याए।
पहिलो हाफ २ गोल भएको खेलको दोस्रो हाफमा थप १ गोल भएको थियो। ८२औं मिनेटमा गोसेन्सले गोल गर्दै इन्टरलाई ३–० को फराकिलो जित दिलाए।
अब फाइनलमा इन्टरले युभेन्टस र फिओरेन्टिनाबीचको विजेतासँग खेल्ने छ। युभेन्टस र फिओरेन्टिनाबीचको सेमिफाइनलको दोस्रो लेग बुधबार राति हुँदै छ।
यसअघि सम्पन्न पहिलो लेगमा युभेन्टसले १-० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।