काठमाडौं–स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयलाई कपिलवस्तुस्थित जनता समाजवादी पार्टी (जसपा) को कृष्णनगर कार्यसमितिले अस्वीकार गरेको छ।
नगर अध्यक्ष जगदीशप्रसाद चौधरीले जिल्ला समन्वय समितिलाई पत्र लेख्दै अस्वीकार गरेका हुन्। उनले पत्रमा उक्त नगरपालिकामा पाँच दलीय गठबन्धनबाट कुनै पनि उपलब्धी नदेखिएको र कार्यकर्ताहरुमा निराशा भई भविष्यमा पार्टीलाई घातक हुने संकेत देखिएकाले नगरसमितिको निर्णयबाट गठबन्धनमा नजाने जनाएका छन्।
उक्त निर्णयको बोधार्थ केन्द्रीय कार्यालयलाई पनि दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।