काठमाडौं– नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकामा मेयर जितेका चिरिबाबु महर्जनले ललितपुरमा १९ वटा वडामा मात्रै गठबन्धनको भागबन्डा हुने बताएका छन्।
गएको निर्वाचनमा मेयर, उपमेयरसहित १० वडा कांग्रेसले जितेकाले नछाड्ने उनको भनाइ छ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मंगलबार बालुवाटार पुगेका उनले बाँकी १९ वडामा समेत ५० प्रतिशत कांग्रेसले पाउनुपर्ने बताए।
उनले भने, ‘गएको निर्वाचनमा हामीले जितेका मेयर उपमेयर र वडा छाड्दैनौं। बाँकीमा भागबन्डा हुन सक्छ।’
उनले आफू फेरि मेयरमा दोहोरिने लगभग तय भएको समेत बताए। दाबेदार अरुपनि रहेको बताउँदै जित्ने उम्मेदवार आफू रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।