• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुन सोकेसमा सजाउने वस्तु होइन, कार्यान्वयन गर्नुपर्छ : सभामुख सापकोटा

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ६, २०७९  १५:२३
1140x725

लुम्बिनी- सभामुख अग्निप्रसाद सापकोटाले संसदको सचेत पहलकदमीले गुणस्तरीय कानुन निर्माणमा विशिष्ट भूमिका खेल्ने बताएका छन्। 

लुम्बिनी प्रदेश सभाको आयोजनामा लुम्बिनीमा मंगलबारदेखि शुरु भएको अन्तर व्यवस्थापिका अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउन संसदको भूमिका विशिष्ट रहने बताए। 

कानुन निर्माण गर्दा थुप्रै छिद्रहरु रहने र तिनै छिद्रहरुमा खेल्दै कानुनको आफूखुसी व्याख्या गर्ने कार्यले बदमासहरुले जनतालाई दुःख दिने, सीमित वर्ग एवं शक्तिले फाइदा उठाउने गरेको सभामुख सापकोटाले बताए। 

‘कानुनका नौ सिङ भन्ने उक्ति नै छ, हामीले कानुन निर्माण गर्दा कयौं छिद्रहरु रहँदा रहेछन्’, सभामुख सापकोटाले भने, ‘हामी कानुन निर्माणको जिम्मेवारीमा छौं, हामीले बनाएका कानुनका छिद्रहरुको सहारा लिएर बदमासहरुले, गलत तत्वले फाइदा उठाउँदा रहेछन्, सोझा सिधा जनतालाई दुःख दिदा रहेछन्। हामीले त्यस्ता कानुनका छिद्रहरु नराखेर गुणस्तरीय कानुन निर्माण गर्न सक्यौं भने गलत तत्वले फाइदा उठाउन सक्दैनन्।’

कानुन निर्माण गर्दा सचेतता अपनाउन नसके त्यसको परिणाम नराम्रो हुने भन्दै सभामुख सापकोटाले संसद र त्यसको नेतृत्व सधैं सजग, सचेत र सतर्क रहनुपर्नेमा जोड दिए। 

संसदको काम कानुन निर्माणसँगै त्यसको कार्यान्वयन भए नभएकोबारे निगरानी गर्ने जिम्मेवारी पनि रहेको भन्दै सभामुख सापकोटाले संसदीय निगरानी र कानुन कार्यान्वयनका लागि सरोकारवाला पक्षलाई सचेत बनाइरहनुपर्ने बताए। 

‘कानुन सोकेसमा सजाउने वस्तु होइन, त्यसलाई कार्यान्वयन गर्नुपर्छ’, सभामुख सापकोटाले भने, ‘कानुन कार्यान्वयन भइरहेको छ कि छैन? भएको भए कसरी भइरहेको छ भन्ने विषयमा संसदीय निगरानी गर्ने दायित्व पनि हाम्रै हो, संसदको हो।’
आफू संघीय संसदको नेतृत्वमा आएपछि संसदलाई जीवन्त र जनमुखी बनाउने अभियानमा प्रतिबद्ध भएर लागेको भन्दै सभामुख सापकोटाले लोकतन्त्रको प्रभावकारी प्रयोग गर्नुका साथै जनपक्षीय कानुन निर्माण गर्न सके संसद जीवन्त र जनमुखी हुने स्पष्ट पारे। 

सुशासनको मुख्य बाधकको रुपमा भ्रष्टाचार रहेको भन्दै सभामुख सापकोटाले कानुन निर्माण र कार्यान्वयनमा खबरदारी गर्दै भ्रष्टाचारका विरुद्ध लड्ने जिम्मेवारी पनि संसदकै रहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘भ्रष्ट्राचार सामान्य बजेट हिनामिना मात्रै होइन, हिसाब किताब बिगार्ने कुरा मात्रै होइन’, सभामुख सापकोटाले भन्नुभयो, ‘यसलाई नियन्त्रण गर्न सकेनौं भने देशलाई नै सखाप पार्छ। राष्ट्रियतालाई नै समाप्त पार्न सक्र्छ । त्यसैले भ्रष्टाचारविरुद्ध लड्न हामीले सामूहिक संकल्प गर्नुपर्दछ‍’ उनले भने।

संघ र स्थानीय तहमा जुन रुपमा भए पनि संसद र सरकारको अभ्यास भए पनि प्रदेश सभा नेपालको हकमा पहिलो अभ्यास भएको चर्चा गर्दै सभामुख सापकोटाले प्रदेशको नेतृत्वलाई अवसर र चुनौती दुवै रहेको बताए।

‘तपाईंहरुले प्रदेश सभाको नेतृत्व गरिरहनुभएको छ, यो तपाईंहरुको लागि अवसर पनि हो र चुनौती पनि। प्रदेशमा कानुन निर्माणका लागि विज्ञ, दक्ष जनशक्ति वा स्रोत सामग्रीको समस्या होला तर तपाईंहरु त्यत्तिकै स्वतन्त्र पनि हुनुहुन्छ। पहिलो हुनुको नाताले तपाईंहरुले गरेका हरेक अभ्यास, शिक्षा र गतिविधिलाई ठीक ढंगले लिपिबद्ध गर्न सक्नुभयो भने त्यो भावी नेतृत्वका लागि राम्रो मार्गदर्शन बन्न सक्छ’ उनले भने।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले संघीय संसद र देशैभरिका प्रदेश सभाका सभामुख र उपसभामुखलाई लुम्बिनी प्रदेशमा स्वागत गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए। 

देशमा गणतन्त्र र संघीयताको लागू भएपछि मात्रै प्रदेश सभा स्थापना भएकाले आफूहरुले नयाँ प्रयोग गरिरहेको भन्दै मुख्यमन्त्री केसीले गल्ती, समस्या र अभावबाट सिक्दै र समाधान गर्दै अघि बढिरहेको बताए। 

प्रदेश सरकारका अधिकारसँग सम्बन्धित कानुनहरु संघले नबनाइदिदा प्रदेश सरकारलाई केही कानुनमा समस्या भएको चर्चा गर्दै मुख्यमन्त्री केसीले संघले त्यसको बाटो खुलाइदिनुपर्नेमा जोड दिए।

अन्तरक्रिया कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखहरुले प्रदेश सभा सञ्चालनका लागि कर्मचारीहरुको अभाव भएको, संघीय निजामती ऐन र नागरिकता ऐन लगायत प्रदेशसँग सम्बन्धित ऐनहरु नबन्दा प्रदेशमा कानुन निर्माण समस्या भएको लगायतका विषयहरु उठाएका थिए।

अन्तरक्रिया कार्यक्रमबाट लुम्बिनी घोषणा पत्र जारी गरिने लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीले बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्