• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

जनतामा जानुपर्ने बेलामा बालुवाटारमा किचलो गर्दै सत्ता गठबन्धन

64x64
किशोर दहाल मंगलबार, वैशाख ६, २०७९  १५:०६
1140x725

काठमाडौं– वैशाख ४ गते बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा गगन थापाले सहभागी नेता तथा कार्यकर्तालाई भने- 'मैले यहाँ वडा नम्बर १ को उम्मेदवार साथीहरु देखिरहेको छु। चुनावमा जम्मा २०/२२ दिन बाँकी रहेको बेलामा कांग्रेसले गरेको कार्यालय उद्घाटनमा आएर आफ्नो समय खेर नफाल्न म आग्रह गर्छु।'

चुनाव नजिएको बेलामा प्रत्येक दिनको कति महत्त्वपूर्ण छ र नेता तथा कार्यकर्ताले त्यसको कसरी सदुपयोग गर्नुपर्छ भन्ने सन्देश थापाको अभिव्यक्तिले दिन्छ। त्यसैले उनले भनेका थिए, 'यो बेलामा दुई चारवटा भए पनि त्यहाँको मतदाता भेट्ने हो, उहाँहरुसँग कुराकानी गर्ने हो।'

तर थापा समेतले नेतृत्व गर्ने दल नेपाली कांग्रेसको समग्र समय भने उनले अपेक्षा गरे जसरी बितिरहेको छैन। नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्ता गठबन्धनका दलहरु दैनिक जसो बालुवाटारमा जम्मा भएर किचलो गरिरहेका छन्। बैठकको मुख्य विषय छ, गठबन्धनका दलहरुको तर्फबाट साझा रुपमा प्रतिस्पर्धी बनाइने महानगरपालिका/उपमहानगरपालिकाको मेयरको उम्मेदवार कुन दलको हुने?

भागबण्डा नटुंगिँदा सोमबार मात्रै गठबन्धनको बैठक दुईपटक बसेको थियो। मंगलबार पनि बैठक बस्दैछ। महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंग्याएपछि पनि अन्य कैयौँ पालिकाहरुको भागबण्डा टुंग्याउन उनीहरुले ऊर्जा खर्च गर्नुपर्ने निश्चित जस्तै छ।

दैनिकजसो भागबण्डा केन्द्रित बैठककै कारण सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु चुनाव केन्द्रित कार्यक्रममा सहभागी हुन सकेका छैनन्। जबकि सत्ता गठबन्धनको प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने देश दौडाहामा छन्। दैनिकजसो विभिन्न जिल्ला पुगेर सभाहरुमा सहभागी भइरहेका छन्। अर्कोतिर, विभिन्न पालिकाको उम्मेदवार पनि सो दलले टुंगो लगाइसकेको छ। कतिपयमा लगाउने क्रममा छ।

Ncell 2
Ncell 2

समयमै उम्मेदवार चयन गर्न नपाउँदा आफूहरुलाई अप्ठ्यारो परेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन्। 'गठबन्धनले चाँडोभन्दा चाँडो आफ्नो अभियानलाई सञ्चालन गरेर सम्पूर्ण राजनीतिक दलहरुलाई एकसाथ हिँडाउनुपर्ने हो, उसले चाँडै निर्णय गर्नुपर्थ्यो। त्यो गर्न नसकेर हामी अप्ठ्यारोमा छौँ', नेपाल लाइभसँग उनले भने।

सत्ता गठबन्धनमा सहमति नभएकाले रणनीतिक महत्त्व राख्ने पालिकाहरुमा समेत गठबन्धनका दलहरुले आफ्नो अजेण्डा अघि सार्न सकेका छैनन्। आफ्नो उम्मेदवार उठ्ने निश्चित भएको भए मतदाता भेट्ने, घोषणापत्र तयार गर्ने, मातहतका कार्यकर्तालाई परिचालन गर्ने लगायतका काम गर्न उनीहरु व्यस्त भइसकेका हुन्थे। अन्य रणनीति पनि अख्तियार भइरहेको हुन्थ्यो। तर, कुन पार्टीले उम्मेदवार पाउने निश्चित नहुँदा यस किसिमको तयारी हुन सकेको छैन।

गठबन्धनकै नयाँ दल एकीकृत समाजवादीलाई थप प्रचारको आवश्यक पर्ने स्वभाविक छ। गठबन्धनमा भागबण्डा मिलेको भए पहिल्यै मतदाताकहाँ पुग्ने र आफ्नो कुरा भन्ने समय उसलाई उपलब्ध हुन्थ्यो। तर, समय उपलब्ध नहुँदा उसमा चिन्ता थपिएको छ। 'हामीले समयमा प्रचार गर्न नपाउँदा मतदाता शिक्षाको लागि पर्याप्त समय नपाउने भएका छौँ। जसले गर्दा गठबन्धनमा आश्वस्त हुनुपर्ने जति मत आउँदैन भनेर चिन्तित छौँ', खतिवडा भन्छन्।

यद्यपि गठबन्धन आबद्ध दलहरुले कैयौँ जिल्लाहरुमा यसअघि नै सहमति जुटाएर भागबण्डा निश्चित पनि गरिसकेका छन्। त्यस्ता ठाउँमा आवश्यक तयारी भइरहेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार बताउँछन्।

पार्टीले चुनाव केन्द्रित आफ्नो पूर्वतयारीलाई पहिल्यैदेखि नै निरन्तरता दिँदै आएको उनको भनाइ छ। 'उम्मेदवारको मनोनयन गर्ने दिन वैशाख ११ र १२ गते हो। त्यसैले त्यसभन्दा अगाडि नै हामीले उम्मेदवार निश्चित गर्न सक्नु राम्रो कुरा हो', उनी भन्छन्, 'विभिन्न परिस्थितिले गर्दा कुनै पनि दलको उम्मेदवारी तय भइसकेको जस्तो छैन। तैपनि, पूर्वतयारी गर्ने कुरा स्वभाविक हो। पार्टीले त्यस्तो तयारी गर्दै आएको छ।'

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्