काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको घोषणापत्र सार्वजनिक गरे।
घोषणापत्रमा नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी (एकीकृत समाजवादी) गठन गर्नुको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव विजष पौडेलले जानकारी दिए।
घोषणापत्रमा पार्टी अध्यक्ष समेत रहेका माधव कुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले गरेका काम उल्लेख गरिएको छ।
यस्तै, २०५१ सालको तत्कालीन एमाले (मनमोहन अधिकारी नेतृत्वको) सरकारले गरेका काम र उक्त सरकारले अगाडि सारेको 'आफ्नो गाउँ आफैं बनाउँ' कार्यक्रमबारे पनि चर्चा गरिएको पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।