काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डसँग सम्झौता गरिसकेको दाबी गरेको छ। क्लबका अनुसार २१ वर्षीय हालान्डसँग सिटीले ५ वर्षको सम्झौता गरेको हो।
बोरुसिया डर्टमन्डका फरवार्डलाई हालान्ड सिटीबाहेक स्पेनिस क्लब रियल मड्रिड, बार्सिलोना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पनि भित्र्याउन चाहेको चर्चा हुँदै आएको थियो।
डर्टमन्डसँग हालान्डको सम्झौता सन् २०२४ सम्म रहेको छ। तर, ७५ मिलयनको आसपास सरुवा रकम पाएको खण्डमा भने क्लबले उनलाई छाड्ने शर्त रहेको समाचार प्रकाशित हुँदै आएको थियो।
बेलायती सञ्चारमाध्यमका अनुसार हालान्डले सिटीमा प्रतिसाता ६ लाख युरोभन्दा बढी पारिश्रमिक लिनेछन्।
त्यसका आधारमा हालान्डको पारिश्रमिक प्रतिदिन करिब ८६ हजार १ सय ९५ युरो हुनेछ। त्यो प्रिमियर लिगमा एउटा खेलाडीले पाउने सर्वाधिक रकम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।