काठामडौैं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब नयाँबस्ती युथलाई ३ लाख जरिवाना गरेको छ।
गत महिना ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसियनसँग पराजित भएपछि अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना गरेको हो।
खेलमा ३–१ ले पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स र आफू बस्ने कुर्सीमा तोडफोड गरेका थिए।
यस्तै, एन्फाले क्लबका अफिसियल श्रीबहादुर योगीलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ । उनी एन्फाले सञ्चालन गर्ने कुनै पनि फुटबलको गतिबिधिमा संलग्न हुन पाउने छैन।
त्यस्तै, क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।