काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता राजेन्द्र महतोको फेसबुक अकाउण्ट ह्याक भएको छ।
महतोले आफ्नो फेसबुक ह्याक गरिएको जानकारी दिएका छन्। ह्याक गरिएको उनको फेसबुकमा लोसपासँगको यात्रा अन्त्य गरिएको लेखिएको थियो।
मंगलबार महतोले फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले गलत समाचार संप्रेषण गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ह्याक गरिएको समाचारप्रति कुनै सत्यता नरहेको प्रष्ट पारेको जनाएका छन्।
आफ्नो फेसबुकलाई ह्याक गर्नेमाथि तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्ने उनले उल्लेख गरेका छन्।
'मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दाइरामा ल्याउन पहल गर्नेछु' महतोले लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।