काठमाडौं– मंगलबार सुनको मूल्य घटेको छ। सोमबार बढेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय २० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।