काठमाडौं- विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको प्रमुखमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उठाउने भएको छ। साझाले मंगलबार उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरेको छ।
ललितपुर महानगरमा नेपाली कांग्रेसले वर्तमान मेयर चिरिबाबु मर्हजनसहित अन्य व्यक्तिको नाम सिफारिस गरेको छ भने एमालेले हरिकृष्ण व्यञ्जनकारको नाम सिफारिस गरेको छ।
विवेकशील साझाले आज २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ। श्रेष्ठ २०७४ मा ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए।
वैशाख ३० गते हुने निर्वाचनका लागि यसअघि काठमाडौं महानगरका लागि विवेकशीलले दुवै पदमा महिला उम्मेदवार अघि सारेको थियो। साझाले मेयरमा समीक्षा बाँस्कोटालाई र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।