काठमाडौं- सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन्। आइतबार भएको मतदानको परिणाम गत राति आएको हो।
विजयी कँडेलले ९११ मत ल्याएका थिए। प्रतिस्पर्धी हर्षविक्रम खड्काले ८६३ मत पाएका थिए। कुल १ हजार ८२४ मत खसेको थियो।
कँडेल र खड्का दुवै कांग्रेस निकट प्यानल बनाएर प्रतिस्पर्धी बनेका थिए। कँडेललाई कांग्रेसका संस्थापन इतर र एमालेको समर्थन थियो। खड्कालाई भने सत्ता गठन्धनको समर्थन थियो।
निर्वाचनमार्फत वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत विजयी भएका छन्। उनले ९४१ मत पाएका थिए। उनले सूर्यबहादुर रावतलाई पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।