काठमाडौं– इंग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड वायन रुनीको प्रशिक्षणमा रहेको डर्बी काउन्टी च्याम्पियनसिपबाट रेलिगेसनमा परेको छ।
सोमबार राति १० खेलाडीमा समेटिएको डर्बी क्विन्स पार्क रेन्जर्ससँग १-० ले पराजित भएपछि रेलिगेसनमा परेको हो। क्विन्सको जितमा आमोसले ८८औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो।
यस्तै, खेलको इन्जुरी समयमा लरेन्सले रातो कार्ड पाएपछि डर्बी १० खेलाडीमा समेटिएको थियो। रेलिगेसनमा परेसँगै डर्बीले १९८६ पछि पहिलो पटक तेस्रो डिभिजनको लिग खेल्ने भएको छ।
डर्बी ३१ अंक जोडेर २३औं स्थानमा रहेको छ। क्विन्स पार्क ६३ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ।
फिलिप कोकुलाई क्लबले बर्खास्त गरेपछि रुनी साढे दुई वर्षको लागि नियुक्त भएका थिए।
त्यसअघि रुनी खेलाडीको भूमिकामा थिए। डर्बीको प्रशिक्षक बनेपछि रुनीले आधिकारिक रुपमै खेलाडी जीवनबाट सन्यास लिएका थिए।
रुनी सन् २०२० जनवरीमा खेलाडीको रुपमा डर्बीमा आबद्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।