काठमाडौं- नेपाल विद्यार्थी संघ, काठमाडौंले काठमाडौं महागरपालिकाको मेयर उम्मेदवारहरुमा सिर्जना सिंह सबैभन्दा उपयुक्त भएको भन्दै ध्यानाकर्षण गराएको छ।
'आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि देखिएको उम्मेदवारहरूमा कांग्रेसकी नेतृ सिर्जना सिंहज्यू सबैभन्दा उपयुक्त उम्मेदवार रहेको नेविसंघ काठमाडौंको बुझाइ भएकोले उहाँलाई नै महानगरपालिकाको मेयर पदको उम्मेदवारमा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछौं,’ नेविसंघ काठमाडौंका कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठले महानगर कार्यसमितिलाई लेखेको पत्रमा उल्लेख छ।
सिंहलाई कांग्रेसको मेयरको उम्मेदवार बनाउन यसअघि काठमाडौं महिला संघले पनि माग गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।