काठमाडौं– बार्सिलोना ला लिगामा काडिजसँग १–० को स्तब्ध भएको छ। सोमबार घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना पराजित भएको हो। यो हारसँगै रियल मड्रिड लिग उपाधिको अझ नजिक पुगेको छ।
खेलको ४८औं मिनेटमा लुकास पेरेजले गरेको एक मात्र गोल पाहुना टोलीलाई जित दिलाउन पर्याप्त बन्यो। खेल अगाडि काडिज लिग तालिकाको अन्तिम तीनमा थियो। तर, बार्सिलोनासँगको जितपछि उसले रेलिगेसन क्षेत्र छाडेको छ।
डिसेम्बर ४ यता ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो। यसैसँग बार्सिलोनाको १५ खेलको अपराजित यात्रा टुंगेको छ। बार्सिलोना २१ खेलबाट ६० अंकका साथ दोस्रोमा यथावत् छ।
दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षको रियलभन्दा १५ अंकले पछाडि छ। जितसँगै ३२ खेलमा ३१ अंक जोडेर काडिज १६औं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।