१. स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापियो, आचारसंहिता उल्लंघन गरेको आरोप लागेका राजनीतिक दल र व्यक्तिहरुका बारेमा निर्णय हुने आयोगको प्रतिक्रिया । (निर्वाचन आयोगको प्रतिक्रिया)
२. निर्वाचन नसर्ने प्रचण्डको भनाइ, तालमेलका सन्दर्भमा आइरहेको विरोधको स्वरले तात्विक फरक नपर्ने तर्क, साझा चुनाव चिह्नमा छलफल भए पनि सहज नभएको प्रतिक्रिया (प्रचण्डको पत्रकार सम्मेलन)
३. सरकारले दिँदै आएको सरकारी इन्धनको सुविधा २० प्रतिशतले कटौती, अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा लागू नहुने । ( इन्धनको सुविधा २० प्रतिशतले कटौती)
४. श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेद्वारा १७ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन, आफ्नै पार्टीका केही सदस्यहरूलाई दिइयो विभिन्न मन्त्रालयको जिम्मेवारी, मन्त्रिमण्डलमा परेनन् राजापाक्षे परिवारका सदस्यहरू । (श्रीलंकामा मन्त्रिमण्डल पुनर्गठन)
५. र, सरकारले घोषणा गरेको नवौँ राष्ट्रिय प्रतियोगिता आउन अब डेढ महिना मात्र बाँकी, हतारमा आयोजना गरिन लागिएको प्रतियोगिातमा खेलाडीको छनोट प्रक्रिया कस्तो हुने अझै अन्योल । (हतारमा प्रतियोगिता, फुर्सदमा चिन्ता)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।