काठमाडौं–नेपाली काग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरेका छन्।
बालुवाटारमा भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले यसअघि तय भएको मापदण्डको वरिपरी रहेर सहमतिमा पुग्ने दाबी गरे।
‘तालमेलका बारेमा गम्भीरतापूर्वक छलफल गरेका छौं। सहमतिनजिक पुगेका छौं,’ उनले भने, ‘भोलि (मंगलबार) साढे ११ बजे बैठक बस्ने छ। भोलि नै सहमतिको कुरा तपाईंहरुलाई जानकारी गराउँछौ।’
उनले सोमबारको छलफलमा समग्र सबै ठाउँमा सहमतिनजिक पुगेको दाबी गरे। ६ महानगर र ११ उपमहानगरका वडासहित विषयगत रुपमा छलफल गरेको उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।