काठमाडौं- नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा दाबी कायम राखेपछि सत्ता गठबन्धनबीच सोमबार सहमति जुट्न सकेन। गठबन्धनको स्थानीय निर्वाचन संयन्त्रसहित शीर्ष नेताहरुको बैठकमा अन्य पाँच महानगरको भागबन्डा भने लगभग मिलेको बैठकमा सहभागी एक नेताले बताए।
ती नेताका अनुसार भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई र वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको छ। काठमाडौं र ललितपुर पाएको कांग्रेसले एकीकृत समाजवादीका लागि पोखरा छाड्न मानेन।
महानगरमा सोमबार नै सहमति जुटाउने प्रयास एकीकृत समाजवादीको चर्को दाबीपछि असफल भएको ती नेताले बताए। पोखरा र बाँकी उपमहानगरको टुंगो मंगलबार ११ बजे बस्ने बैठकले लगाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।