काठमाडौं- सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी बालुवाटार पुगेका छन्।
सोमबार बिहान १० बजेदेखि सुरु भएको गठबन्धनको बैठक दिउँसो केहीबेर स्थगित भएर पुन बसिरहेको छ। बैठक जारी रहँदा राजदूत बेरी बालुवाटार पुगेका हुन्।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि उनी बालुवाटार प्रवेश गरेको बताइएको छ।
महानगर, उपमहानगर र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक बसिरहेको हो।
बिहानको बैठकमा सवै दलहरुले आ आफ्नो दाबी पेस गरेका थिए। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले महानगरमा एक/एक सिट पाउनुपर्ने दाबी पेस गरेका थिए। सत्तारुढ दलहरुले आजै महानगर र उपमहानगरको बाँडफाँट टुङ्गाउने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।