काठमाडौं- सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक पुन: सुरु भएको छ।
यसअघि सोमबार बिहान १० बजेदेखि बसेको बैठक दिउँसो १ बजे फेरि बस्ने गरि स्थगित भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्रकार सम्मेलनमा सहभागी भएर बालुवाटार फर्किएसँगै बठक पुन: सुरु भएको हो।
पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धन गरेरै जानेमा निश्चित भएको बताउँदै बेलुकासम्म त्यसको परिणाम देखिने बताए। सिट बाँडफाँटको विषयमा पाँच दलीय गठबन्धनबीच सहमति भएन भने त्यसभित्रका दलहरुसँग तालमेल हुने बताएका छन्।
महानगर, उपमहानगर र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक बसिरहेको हो।
बिहानको बैठकमा सवै दलहरुले आ आफ्नो दाबी पेस गरेका थिए। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले महानगरमा एक /एक सिट पाउनुपर्ने दाबी पेस गरेका थिए। सत्तारुढ दलहरुले आजै महानगर र उपमहानगरको बाँडफाँट टुङ्गाउने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।