काठमाडौं- सत्ता गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्।
सोमबार बिहान १० बजेबाट सुरु गठबन्धनको बैठकबाट उनी पत्रकार सम्मेलनका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए। बिहानबाट सुरु बैठक केहीबेर स्थगित भएको थियो।
महानगर, उपमहानगर र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक बसिरहेको छ। बिहानको बैठकमा सवै दलहरुले आ आफ्नो दाबी पेस गरेका थिए।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले महानगरमा एक /एक सिट पाउनुपर्ने दाबी पेस गरेका थिए। सत्तारुढ दलहरुले आजै महानगर र उपमहानगरको बाँडफाँट टुङ्गाउने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।