काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री नफेरिने स्पष्ट पारेका छन्।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो चर्चाको खण्डन गरेका हुन्। 'अर्थमन्त्री फेर्ने कुरा कहीँ अजेण्डामा छैन। चर्चामा पनि छैन', उनले भने।
अर्थमन्त्री जनार्दन शर्माको कतिपय नीति र निर्णयको कारण अर्थतन्त्र संकट उन्मुख भएको भन्दै उनलाई हटाउनुपर्ने चर्चा चलिरहेको छ। तर प्रचण्डको अभिव्यक्तिले उनको कार्यकाल अझ लम्बिने संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।