काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै कांग्रेस कार्यकर्तालाई पनि माओवादी केन्द्रको भागमा भरतपुर नै छाड्नुपर्ने लागेको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
'मोटामोटी रुपमा माओवादी केन्द्रलाई भरतपुर नै दिनु उचित छ भन्ने धेरै कांग्रेसलाई लागेको छ। केही-केहीलाई मात्रै होइन होला,' उनले भने।
आफूले भरतपुर नै नभइ भएन वा रेणु नै नभइ भएन भन्ने पनि नभएको बताए। ६ वटामा एउटा माओवादी केन्द्रलाई पर्ने भएकाले काठमाडौं वा विराटनगर पाएपनि आफूहरु खुशी रहेको बताए।
सजिलोको हिसाबले माओवादीलाई भरतपुर नै दिनुपर्ने गठबन्धनको मनशाय रहेको उनले बताए। 'त्यहाँ रेणुले जितिराखेकाले सजिलो त्यहीँ पर्छ भने ठिकै छ भनेर हामीले त्यहाँ भनेका हौं। माओवादी केन्द्रलाई एउटा पनि दिएर बाँड्ने त्यो पनि भएन,' उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।