काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा चुनाव चिह्नमा छलफल भए पनि सहज नभएको बताएका छन्।
गठबन्धनको बैठकमा सोमबार पनि यस विषयमा कुरा चलेको उनले बताए। उनले भने, 'तत्काल सम्भावना देखिएको छैन। आज पनि छलफल गर्दैछौं।'
उनले वडाध्यक्ष जसको भागमा पर्छ त्यसैको चुनाव चिह्नमा जानसक्ने सम्भावना खोजिएको बताए। उनले थपे, 'निर्वाचन प्रक्रिया अघि बढिसकेकाले सहज छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।