काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरमा भागबन्डा सहमति नजिक पुगेपछि आफू बैठकबाट निस्किएको बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन गरेरै जानेमा निश्चित भएको बताउँदै बेलुकासम्म त्यसको परिणाम देखिने बताए।
उनले भने, 'महानगरमा भागबन्डा टुंगिने अवस्थामा पुगेपछि म निस्किएको हुँ। उपमहानगरसहित बाँकी बेलुकीसम्म टुंगिन्छ।'
उनले अन्य स्थानीय तहको पनि बेलुकीसम्म रिपाेर्ट केन्द्रित गरेर भोलिसम्म निष्कर्षमा पुग्ने बताएका छन्। उनले महानगर र उपमहानगरकमा गठबन्धन हुनेमा शंका नरहेकोसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।