काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन सर्ने आशंका भइरहेको भए पनि नसर्ने बताएका छन्।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनको बैठकमा निर्वाचन सार्ने बारे छलफल नभएको बताए। आफूहरु निर्वाचनको तयारीमा लागेको उनको भनाइ छ। 'निर्वाचन सर्दैन। वैशाख ३० गते नै निर्वाचन हुन्छ। म गठबन्धनको बैठकबाट आएको छु। निर्वाचन सर्ने सम्भावना छैन,' उनले भने।
प्रचण्डले निर्वाचन सर्ने विषयमा नेपालमा विचित्रको संस्कार बनेको बताए। 'निर्वाचनको बिहान पनि निर्वाचन सर्छ रे नि भन्ने चर्चा चल्ने गर्छ। विगतमा पनि त्यस्तो भएको थियो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।