काठमाडौं- सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक स्थगित भएको छ। सोमबार बिहान १० बजेदेखि जारी बैठक स्थगित भएको हो।
बैठक आजै पुनः बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।
सत्ता गठबन्धनका दलहरुबीच भएको सोमबारको छलफलमा कुनै सहमति नभएको उनको भनाइ छ। 'बिहानदेखि केही मिडियामा महानगर/उपमहानगरको विभाजन सम्बन्धी भनेर आएको प्रस्ताव सही होइन', फेसबुकमा मल्लले लेखेका छन्।
मल्लले आज बेलुकीसम्म बाँडफाँट टुंगो लगाउने गरी छलफल चलेको लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।