काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वातनका विषयमा छलफल गर्न पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक आज (सामेबार) साँझ साढे ६ बजे बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
‘प्रतिबद्धतापत्रलगायत स्थानीय तहको निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ रिजालले भने। उनका अनुसार केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ।
आजको केन्द्रीय सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवारहरुको विषयमा पनि छलफल गरेर आवश्यक निर्णय लिने अर्का एक नेताले बताए। बैठकमा मस्यौदा समितिले तयार पारेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिबद्धता पत्रमाथि समेत भएर छलफल हुने जनाइएको छ।
एमालेले बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।