काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र तयारी समितिमा सदस्यहरु थप गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको निर्णयअनुसार देउवाले सदस्यहरु थप गरेका हुन्।
थप भएका सदस्यमा किरण यादव, फखरुदीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा लोचन शर्मा, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना, निलकण्ठ शर्मा, विभुषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।