प्रतिकात्मक तस्बिर
काठमाडौं– पूर्वन्यायाधीश फोरमले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्त भएर कार्यरत रहेका कतिपय न्यायाधीशहरु न्याय सम्पादन गर्न असक्षम भएकाले उनीहरुमाथि छानबिन गर्न माग गरेको छ। उनीहरुको नियुक्तिमाथि छानबिन गर्न एक उच्चस्तरीय आयोग निर्माण गर्नुपर्ने पूर्वन्यायाधीशहरुको माग छ।
‘कानुन वमोजिम कार्य गर्ने संस्थाको नियुक्तिले निरन्तरता पाउनुपर्ने न्यायिक सिद्धान्त रहे पनि वर्तमान अवस्थामा क्षमताविहीन व्यक्तिहरु पनि सर्वोच्च अदालत तथा उच्च अदालतमा नियुक्त हुन पुगेका छन्,’ पूर्वन्यायाधीशको कार्यक्रममा पेस भएको कार्यपत्रमा भनिएको छ, ‘त्यस सम्बन्धमा छानबिन गरी सबै तहका न्यायाधीशहरुको पुर्ननियुक्ति निष्पक्षता तथा पारदर्शी रुपमा गर्नको लागि उच्चस्तरीय छानबिन आयोग गठन गरिनु पर्ने।’
पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले अदालतहरु बदनाम हुनका लागि यस्तै नियुक्तिले काम गरेकाले फोरमले यो मुद्दा उठाएको बताए। अब अदालत सुध्रेला भन्दा–भन्दै झन्–झन् खत्तम हुँदै गएकाले आफूहरुले यस्तो कुरा उठाएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।