• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गठबन्धनमाथि नै तितो पोख्नुपर्ने अवस्थामा किन पुगे माधव नेपाल?

64x64
नेपाल लाइभ आइतबार, वैशाख ४, २०७९  १५:३७
1140x725

काठमाडौं– सत्ता गठबन्धनमा भागबण्डा हुन नसकिरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार सार्वजनिक रुपमै असन्तुष्टि पोखे। उनले आफ्नो शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिए। 
'हामीले भन्ने गरेका छौँ, आफ्नो शक्तिको अति मूल्यांकन गर्ने काम नगर्नुस्। र, हाम्रो शक्तिको अवमूल्यन गर्ने काम पनि नगर्नुस्। हाम्रो शक्ति निर्णायक शक्तिको रुपमा रहने गरेको छ', शनिबार सो पार्टीको प्रदेश सम्पर्क कमिटी भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले भने। गठबन्धनको भागबण्डामा आफूलाई अपमान गरेको महसुस भएपछि नेपालले सार्वजनिक रुपमा तितो पोखेका हुन्।  

आफ्नो पार्टी निर्णायक शक्ति भएकाले नै 'केपी ओली समूहलाई घोडाबाट बादशाहलाई झारे जसरी' सत्ताको उचाइबाट भूइँमा पछार्न निर्णायक भूमिका खेलेको नेपालको भनाइ छ। 'यो चेतना भया। यो होस होस्। यो ख्याल गर्नुस्', उनले गठबन्धनका दललाई नै चेतावनी दिए। 

पोखराको मेयरमा दाबी
महानगरमध्ये पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेको छ। गठबन्धनका अन्य दलमा जनता समाजवादी पार्टीलाई वीरगञ्ज, नेकपा माओवादी केन्द्रलाई भरतपुर दिने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन्। तर, एकीकृत समाजवादीलाई महागरककै मेयर दिनेमा देउवा मात्रै होइन, गठबन्धनका अन्य दलसमेत सकारात्मक नभएको संकेत नेपालले गरेका छन्। 

त्यसलाई लक्षित गरेर उनले भनेका छन्, 'पोखरामा मात्रै हाम्रा झन्डै ८ हजार पार्टी कार्यकर्ताहरु छन्। ७/८ हजार कार्यकर्ता हुनु सजिलो कुरा हो? मतदाता होइन, कार्यकर्ता। संगठित र सक्रिय कार्यकर्ता। जनवर्गीय संगठनको पनि जोड्ने हो भने १२ हजार पुग्ने रहेछन्। अनि एकीकृत समाजवादीको केही अर्थ छैन भनेर गफ हाँक्ने?'

शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्‍डले पार्टीको शीर्ष तहको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफू एमालेकै अध्यक्ष रहेको महसुस गर्ने गरेको टिप्पणी गरेका थिए। उक्त बैठकमा रहेका एक नेताका अनुसार प्रचण्डको भनाइको आशय थियो,  'माधवजीले अलिक बढी मागिहाल्नुहुन्छ। उहाँ नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भन्दापनि एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।'

यही भनाइको प्रतिउत्तर शनिबार नेपालले दिए। नेपालले अरु पार्टीले २०७४ सालको चुनावमा आ-आफ्नै पार्टीको तर्फबाट भाग लिएको भएपनि आफ्नो पार्टीले एमालेको रुपमा भाग लिएको स्मरण गराए। त्यसकारण एमालेको सफलतामा आफूहरुको हक लाग्ने बताए। 'हाम्रो हक एमालेले प्राप्त गरेको सफलतामा लाग्छ। पहिलो हक लाग्छ। अरुले चाहेर पनि एमालेको मान्छे तान्न सक्दैन। जति हामी आकर्षित गर्न सक्छौँ', उनले भने।

पोखरा महानगरपालिकाको मेयर छाड्ने अवस्थामा नेपाली कांग्रेसका स्थानीय नेताहरु छैनन्। उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै पोखराको मेयर नछाड्ने अवगत गराइसके। एकीकृत समाजवादीलाई दिँदा एमालेले जित्ने ब्रिफिङ उनीहरुले देउवालाई गरेका छन्। 

एमालेले जितेका पालिकामा ५० प्रतिशत आकांक्षा
आफ्नो पार्टीको संगठन ७७ जिल्ला, ७५३ पालिकामै रहेको एकीकृत समाजवादीको दाबी छ। महासचिव बेदुराम भुसालका अनुसार ६ हजार ७ सय ४३ वडामा एकीकृत समाजवादीको संगठन बिस्तार भएको छ। अहिले सबै ठाउँमा आफ्नो प्रतिनिधि उठाउने तयारी गरे पनि तालमेल गर्दा छाड्न तयार रहेको उनले नेपाल लाइभलाई बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले जितेका पालिकामध्ये ५० प्रतिशतमा एकीकृत समाजवादीको दाबी रहने उनले प्रष्ट्याए। 'एमालेले जितेको सिटमध्ये ५० प्रतिशत हाम्रो हो भनेका छौं। किनभने त्यहाँबाट आधा शक्तिकै रुपमा विभाजित भएका छौं। तर, जति दाबी छ त्यति नै प्राप्त हुन्छ भन्ने पनि हुँदैन।'

एमालेले गएको निर्वाचनमा काठमाडौं र पोखरा गरी दुईवटा महानगरपालिका जितेको थियो। त्यसको ५० प्रतिशत एउटा हुने सोझो हिसाब एकीकृत समाजवादीको छ। राजधानी रहेको काठमाडौं महानगरपालिका गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले दिने सम्भावना कम देखेपछि एकीकृत समाजवादीले पोखरा दाबी गरेको हो। 

उपमहानर, नगर र गाउँपालिकामा पनि यही सिद्धान्तका आधारमा एकीकृत समाजवादीले भागबण्डा मागिरहेको छ। 

समाजवादी रोज्ने कति?
२०७४ को स्थानीय निर्वाचनमा एमाले २ सय ९४ पालिका जितेको थियो।  कांग्रेसले २ सय ६६, माओवादी केन्द्रले १ सय ६, तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीले ३४ पालिकामा जितेको थियो । जनमोर्चाले ३, बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले २ र स्वतन्त्र ४८ पालिकामा चुनाव जितेका थिए। 

एमालेले जितेकाका ५० प्रतिशत दाबी गर्दा एकीकृत समाजवादीको भागमा १ सय ४७ पर्छ। जुन गत निर्वाचनमा माओवादी केन्द्रले जितेको भन्दा धेरै हुन्छ। यस हिसाबले गठबन्धनभित्रको कांग्रेसपछिको शक्तिशाली एकीकृत समाजवादी ठहरिन्छ। गठबन्धनमा नेपालले गर्ने यही ५० प्रतिशतको तर्क चित्त नबुझेर प्रचण्डले 'एमालेकै अध्यक्ष महसुस गरेको'  टिप्पणी गरेका हुन्। 

एमालेबाट फुट्दा पालिकामा एकीकृत समाजवादीका पक्षमा ठूलो संख्या देखिएन। एकीकृत समाजवादीले दाबी गरिरहेको पोखरा महानगर रहेको गण्डकी प्रदेशमै फुटको असर कमजोर रह्यो। गण्डकी प्रदेशभरि एकीकृत समाजवादी रोज्ने पालिका प्रमुख र उपप्रमुखमा स्याङ्जाको आँधीखोला गाउँपालिका उपाध्यक्ष प्रमिला पौडेलले एक्ली रहिन्। 

बागमती प्रदेशमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख कृष्णहरि थापा, रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, काभ्रेको मण्डन–देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका प्रमुख जीवन लामा, कैलाश गाउँपालिका प्रमुख टङ्क मोक्तान, धादिङको धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ एकीकृत समाजवादी पार्टीमा रहेका छन्।

एकीकृत समाजवादी रोज्ने सुदूरपश्चिका पालिकाहरुमा अछामको साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, कञ्चनपुरको बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्द, पुनर्वास नगरपालिका प्रमुख जीवनराम थापा,  डडेलधुराको नवदूर्गा गाउँपालिका अध्यक्ष कबिन्द्र बहादुर विष्ट, अमरगढी नगरपालिका उपप्रमुख संगीता भण्डारी, बैतडीको पुर्चौडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद, बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामी रहेका छन्।

प्रदेश १ मा उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी र इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले एकीकृत समाजवादी रोजेका छन्।

कर्णालीमा डोल्पाको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, दैलेखको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाही, सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउने, कालिकोटको नरहरिनाथ गाउँपालिका प्रमुख धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई एकीकृत समाजवादीमा छन्। 

सत्तारुढ गठबन्धनले स्थानीय आवश्यकता र अवस्थाअनुसार तालमेल गर्ने भनेर तल्लो तहका संयन्त्रलाई निर्देशन दिइएको छ। तर, गठबन्धनका दलहरुले धेरै ठाउँमा एकीकृत समाजवादीलाई दिन अस्वीकार गरेको रिपोर्ट अध्यक्ष नेपालले प्राप्त गरेका छन्। गठबन्धनकै दलहरुले पेल्न थालेको महसुस भएपछि नेपाल सार्वजनिक रुपमा तितो पोख्न थालेका हुन्।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्