काठमाडौं– सत्तारुढ गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
तीन नेताबीच आइतबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। नेताहरुबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको जनाइएको छ।
नेताहरुबीच आइतबार बिहान ११:४५ देखि १२:२० सम्म सामुहिक रुपमा छलफल भएको थियो। छलफलपछि नेताहरु सिंहदरवारबाट सँग–सँगै बाहिरिएका थिए।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए।
स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका ५ दलहरुबीच तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ। तर, दलहरुबीच स्थानीय तहको भागबण्डाको विषयमा सहमति हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।