काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुबीच धादिङमा चुनावी तालमेल गरेर जाने सहमति भएको छ।
गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले जिल्लाका स्थानीय तहहरुमा तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेका हुन्।
यद्यपि जिल्लाका स्थानीय तहमध्ये कुन स्थानीय तहमा कुन दलले प्रमुख/उपप्रमुख पाउने भन्ने विषयमा भागबण्डा टुंगिसकेको छैन। नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका नेपाली कांग्रेसका नेता भीम ढुङ्गानाले आइतबार सम्ममा नै स्थानीय तहको भागबण्डा पनि टुंग्याउने तयारी छ।
धादिङमा १३ स्थानीय तह छन्। जसमध्ये नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तह पाउने प्रारम्भिक सहमति भएको ढुंगानाले जानकारी दिए।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले तीन स्थानीय तहमा जित हात पारेको थियो । नीलकण्ठ नगरपालिका, खनियाबास गाउँपालिका र ज्वालामूखी गाउँपालिकामा कांग्रेसले प्रमुख जितेको थियो। माओवादी केन्द्रले बेनीघाट
रोराङ्ग गाउँपालिका मात्र जितेको थियो।
एमालेले धुनिवेशी नगरपालिका, गंगा जमुना, खजुरा, गल्छी, त्रिपुरा सुन्दरी, थाक्रे सिद्धलेक र नेत्रावती गाउँपालिका जितेको थियो । रुवि भ्याली गाउँपालिका राप्रपाले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।