काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाबाट माओवादीले उम्मेदवार चयन गरेको छ।
नेकपा माओवादी केन्द्रले इन्द्रावती गाउँपालिका अध्यक्षमा ठुलोबाबु श्रेष्ठलाई सर्वसम्मत सिफारिस गरेको छ।
पालिका समितिको बैठकले उपाध्यक्षमा सुमित्रा बस्नेत, सुजिना र मिनामैया थापालाई सिफारिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष गोबिन्द पराजुलीले जानकारी दिए।
तर, स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलहरुले निर्णय गरेका छन्। गत निर्वाचनमा उक्त गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो। नेकपा एमाले थोरै मतले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।