पोखरा– पोखरा महानगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारका आकांक्षीसँग नेपाली कांग्रेसले विधान विपरीत उम्मेदवार शुल्क लिएको छ। आइतबार सुरु भएको उम्मेदवार छनोट प्रक्रियामा शुल्क लिइएको हो।
मेयरको उम्मेदवारका आकांक्षीको २५ हजार र उपमेयरको उम्मेदवारका आकांक्षीको २० हजार दर्ता शुल्क तोकिएको छ। केही दिनअघि कांग्रेसले आकांक्षीबाट शुल्क लिनु विधान विपरीत रहेको बताउँदै नलिन सर्कुलर जारी गरेको थियो।
कांग्रेसको सर्कुलरमा भनिएको छ, 'उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य कुनै पनि प्रकारको रकम माग गर्नु वा उठाउनु विधान विपरीत हुने भएकाले त्यस्तो कार्य नगर्न नगराउन हुन समेत निर्देशनानुसार अनुरोध गरिन्छ।’
चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको सहमति छ। पोखरा महानगरपालिका एकीकृत समाजवादीले दाबी गरिरहेको छ। सत्ता गठबन्धनमा अझै भागबन्डा नमिलेकाले कांग्रेसले उम्मेदवार छनोट अघि बढाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।