काठमाडौं- युभेन्ट्स इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ। एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा ९ खेलाडीमा समेटिएको बोलोग्नासँग १–१ गोलको बराबरी खेलेको हो।
खेलको ५२औं मिनेटमा मार्को एर्नाउटोभिचको गोलबाट युभेन्ट्स पछि परेको थियो।
८४औं मिनेटमा एडामा सोउमाओरो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बोलोग्ना १० खेलाडीमा समेटिन पुग्यो।
उनले प्रतिवाद गरेपछि रेफ्रीले ग्यारी मेडेललाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि बोलोग्ना ९ खेलाडीमा समेटिन पुग्यो।
त्यसपछिइन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डुसान भ्लाहोभिचले ओभरहेड किकमा उत्कृष्ट गोल गर्दै हारबाट जोगाए।
बराबरीसँगै चौथो स्थानमा रहेको युभेन्ट्सको ३३ खेलबाट ६३ अंक पुगेको छ । बोलोग्ना ३२ खेलबाट ३८ अंक जोडेर १३औं स्थानमा रहेको छ।
शनिबार राति नै भएको अन्य खेलमा क्याग्लिएरीविरुद्ध सस्सुलो (१–०), साम्पडोरियाविरुद्ध सालेरनिटाना (१–२), उडिनेसविरुद्ध इम्पोली (४–१), फियोरेन्टिनाविरुद्ध भेनेजिया (१–०) र लाजियोविरुद्ध टोरिनो (१–१)को नतिजा निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।