काठमाडौं- नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका लागि मेयरको नाम सिफारिस गरेको छ।
मेयर आकांक्षी धेरै जना भएपछि महानगर कमिटीले प्रतिनिधि सभा सदस्यसहित वर्तमान मेयर र नगरसभापतिको नाम सिफारिस गरेको छ।
जसमा प्रतिनिधि सभा सदस्य डा डिला संग्रौला, केन्द्रीय सदस्य अमृत अर्याल, मेयर भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्की रहेका छन् ।
त्यस्तै उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज वर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।