काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा टोटेनहम पराजित भएको छ।
घरेलु मैदानमा भएको खेलमा टोटेनह ब्राइटनसँग १–० गोलले पराजित भएको हो। ब्राइटनलाई जित दिलाउन एकमात्र निर्णायक गोल लिन्ड्रो ट्रोसार्ड गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९०औं मिनेटमा ट्रोसार्डले गरेका थिए।
पराजित भएसँगै टोटेनहमलाई शीर्ष चारमा रहन थप दबाब परेको छ। टोटेनहम अंक तालिकामा ३२ खेलबाट ५७ अंकसहित चौंथो स्थानमा छ। यस्तै, ब्राइटन समान खेलबाट ४० अंकसहित १०औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।