काठमाडौं– नेपाली कांग्रेस चितवनमा ५० जना सक्रिय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन्। भरतपुर महानगरपालिकाको नेतृत्व अर्को पार्टीलाई दिन लागिएको भन्दै कार्यकर्ताहरुले शनिबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
भरतपुर महानगरपालिकाको मेयर पदमा पुन: माओवादी केन्द्रलाई नै समर्थन गर्न लागिएको भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० कांग्रेस कार्यकर्ताले राजीनामा दिएका हुन्। पार्टीका स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाइमा शनिबार एक औपचारिक कार्यक्रम गरी उनीहरुले राजीनामा दिएका हुन्।
कांग्रेस माओवादीकरण भएकाले आफूहरु अब पार्टी कार्यकर्ताको रुपमा रहिरहनुको औचित्य नभएको उनीहरुको भनाइ छ।
कांग्रेसका क्रियासिल र साधारण सदस्यहरुको भेलामार्फत् आफूहरु अब पार्टी (कांग्रेस)को साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरिएको कँडेलले बताएका छन्।
कँडेलका अनुसार राजीनामा दिनेमा पूर्ववडाध्यक्ष देवनारायण महतो, पार्टीका पूर्व वडा सभापति विष्णुप्रसाद सुवेदी लगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।