काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ।
शनिबार दिउँसो २ बजेका लागि बोलाइएको भए पनि झन्डै एक घण्टापछि बैठक सुरु भएको हो।
बैठकमा महानगर एवं उपमहानगरको प्रमुख र उपप्रमुख उम्मेदवारी सम्बन्धमा छलफल गरिने कार्यसूची छ।
आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय जनमोर्चा (राजमो)सहितको सत्ता गठबन्धन आबद्ध दलहरुसँगै तालमेल गर्ने निर्णय गरेको छ।
तर, उसले अवस्था र आवश्यकतालाई हेरेर गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।