काठमाडौं– युक्रेनलाई हतियार हस्तान्तरण जारी राखेमा संयुक्त राज्य अमेरिकाले ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी रुसले दिएको छ।
जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८ सय मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले यस्तो चेतावनी दिएको हो।
अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबंद लगायत समावेश छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।