काठमाडौं– इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर र एसी मिलानले सहज जित निकालेका छन्।
शुक्रबार राति भएको खेलमा इन्टर र एसी आ–आफ्नो खेलमा जित निकालेका हुन्। स्पेजियाको घरेलु मैदानमा भएको खेलमा इन्टरले ३–१ गोल अन्तरको जित हात पार्यो।
खेलको ३१औं मिनेटमा इन्टरले सुरुआती अग्रता लिएको थियो। इन्टरको लागि मार्सेलो ब्रोजिभिकले गोल गरे। यस्तै, ७८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए।
८८औं मिनेटमा गीउलियो मागोइरेले गोल गर्दै स्पेजियालाई २–१ को स्थितिमा ल्याए। तर, त्यसपछि खेलको इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए।
जितसँगै इन्टरले ३२ खेलमा ६९ अंक जोडेको छ। इन्टर दोस्रो स्थानमा रहेको छ। स्पेजिया ३३ अंक जोडेर १५औं स्थानमा रहेको छ।
शुक्रबार राति नै भएको अर्को खेलमा एसी मिलानले जिनोआलाई २–० गोल अन्तरले पराजित गरेको छ।
खेलको ११ औं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८७औं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई २–० को सहज जित दिलाए।
जितसँगै मिलानले ३३ खेलमा ७१ अंक जोडेको छ। मिलान शीर्ष स्थानमा रहेको छ। पराजित जिनोआ २२ अंक जोडेर १९औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।