काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दै छ।
आजको बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्नेछ।
यसअघि शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सात वटै प्रदेश र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने सहितका ६ निर्णय गरेको थियो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।